*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

मलाई मन पर्दैन ( शिवानीसिंह थारू )

लेखिका, टिभी होस्ट, पत्रकार

मानिस- मान्छेका आ-आफ्ना स्वभाव र चरित्र हुन्छन् । मलाई झुट बोल्ने मान्छे मन पर्दैन । कतिपय मान्छे त्यस्ता हुन्छन्, जसको डबल स्ट्यान्डर्ड -दोहोरो मापदण्ड) हुन्छ । डबल स्ट्यान्डर्ड भएको मान्छे पनि मलाई मन पर्दर्ैन । नारीलाई सम्मान नगर्ने, उसको अस्तित्वलाई स्वीकार नगर्ने पुरुष मलाई मन पर्दैन । त्यस्तै, साथीहरू भेला गरेर तेस्रो मान्छेको कुरा काट्ने महिला मन पर्दैन ।
पोसाक- जिउमा फिट नहुने पोसाक मन पर्दैन । धेरैले आफ्नो पर्सनालिटीको पनि ख्याल नगरी पोसाक लगाउँछन् । आफ्नो पर्सनालिटीमा म्याच नहुने पोसाक लगाएको पनि मन पर्दैन । मलाई मिनिस्र्कट लगाउन मन लाग्छ, तर सुहाउँदैन । त्यसैले त्यो लगाउन मन लाग्दैन ।

गीत- मन नछुने गीत मलाई मन पर्दैन । जुन गीतले आत्माको भित्री तहसम्म छुँदैन, त्यस्तो गीतको के अर्थ ? अहिलेका धेरै गीत उडन्ते हुन थालेका छन् । अहिले गम्भीर गीत एकदमै कम छन् । तिनले आत्मालाई छुँदैनन्, झंक्रित गर्दैनन् । त्यस्ता सतही गीत मलाई मन पर्दैन र सुन्न पनि चाहन्नँ ।

फिल्म- म नेपाली फिल्म एकदम कम हेर्छु, किनभने थोरै मात्र नेपाली फिल्म राम्रा छन् । बढी हेर्ने भनेको अंग्रेजी र हिन्दी फिल्म हो । प्रस्तुति नराम्रो भएको फिल्म मलाई मन पर्दर्ैन । फिल्म त पुराना मन पर्छन् । भर्खरै हेरेको र साह्रै मन नपरेको हिन्दी फिल्म रावण हो ।

किताब- जहिल्यै पनि रिपिटिसन गर्नेे लेखकका किताब मलाई मन पर्दैन । कुनै गम्भीर लेखाइमा पनि लेखक आफैँ हाबी भएको किताब मन पर्दैन । त्यसैले म धेरैजसो किताबको रिभ्यु हेरेर मात्रै पढ्छु ।

नेता- जनतासँग झुटो बोल्ने नेता मन पर्दैनन् । धेरै नेता कुरा मात्रै ठुल्ठूला गर्छन्, तर काम केही पनि गर्दैनन् । मलाई त्यस्ता नेता पनि मन पर्दैनन् । वाकपटुता मात्र भएको, भीड तताउने र जनतालाई आश्वासन मात्रै दिने नेता मन पर्दैन ।

नायक- आफ्नो चरित्र नबुझ्ने र अभिनयको अर्थ नबुझ्ने नायक मन पर्दैन । नायिकासँग डान्स गरेर, भिलेनलाई पिटेर मात्रै नायक भइन्छ भन्ने सोच भएका नायक मलाई मन पर्दैन । त्यस्तै, ओभरएक्टिङ गर्ने नायक पनि मन पर्दैन ।

नायिका- अभिनय राम्रो नगर्ने, तर आफूलाई राम्री देखाउन मात्रै रुचाउने, मेकअप मात्र गर्ने, सहरमा आफूलाई चिटिक्क देखाएर मात्र हिँड्ने नायिका मलाई मन पर्दैन ।

पत्रकार- पत्रकारिताको शक्तिको मिसयुज गर्ने र आफ्नो जिम्मेवारीको ख्याल नगर्ने पत्रकार मलाई मन पर्दैन ।

होटल- सहरको फोहोर गल्लीभित्र भएका होटल राम्रा हुँदैनन् । त्यस्ता होटल मन पर्दैनन् । फोहोरी, दुर्गन्धित र हाइजिनिक खाना नभएको होटल पनि मन पर्दैन । कुनै होटलमा नेप्किनको सट्टा फोहोर कपडा प्रयोग गरिएको हुन्छ, मलाई त्यस्तो होटल मन पर्दैन ।

खाना- धेरैलाई मन पर्ने ममः मलाई मन पर्दैन । ममः कहिल्यै पनि खान्नँ । पिज्जा, बर्गर पनि मलाई मन पर्दैन ।

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada