*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

परदेश, परिवार र पैसा :


परेदेशको दु:खले भनेको समयमा काट्न नसकेको कपाल कन्याउदै स्वदेश, आफन्ती र परिवारको सम्झना गर्दा प्रायश: मुटुमा साह्रो धक्का दिदो रहेछ । नयाँ पत्रिकामा हिजो " चैते, छिटो घर 'आ " शिर्शकको लेख पढ्दा मुटु भकास्सिएर आयो । त्यो लेखको पुरा भाग पढि नसकी बिचमै आशु पुछ्दै माउसलाई अन्यत्रै चलाऊन वाध्य भए, म । साहुको १५ हजार रुपैया ऋण तिर्न बोकेको भारिका नाम्लाका पाताले कपाल सबै झरेको ब्यथा पोख्दैथिए, चैते आमासँग फोनमा । स्कुलमा काम गरेर चलाएको जिबिका, बासी ढिडोले झाडापखाला लागेर बहिनी मरेकी घटना, गत महिना रामे साहुले घर पनि कब्जा गरेको आशुको बेलिबिस्तार र सेउलाले बारेर गुजारा चलाएको आमाको बियोग, बिरानो ठाउबाट फोन मार्फत छोरा चैतेलाई बताएकि दर्दनाक कथा ।
आफ्नै देशको तितो यथार्थ पढ्दा साह्रै नमिठो लाग्नु स्वाभाबिकै थियो । यहाँ यो वास्तविकता उल्लेख गर्नु सान्दर्भिक यस अर्थमा लाग्यो कि, आखिर चैते बाबुको मृत्‍युको ब्यथा र ऋणको बोझले १४ बर्षको उमेरमा परदेशको चिसो छिडिमा रात गुजारि-गुजारी दु:ख गर्दा पनि आय-आस्थाले नपुग्नु दैबको कत्तिको न्याय हो ? चैते भाई देशको मात्र एउटा उदाहरण हो, ऊ त एउटा पात्र मात्र हो । लाखौ चैते जस्ता भाईहरु आज मुलुक छोडि परदेशिनु पर्ने कटु बाध्यता र परदेशको अथाह दु:खका जन्जिरहरुले पोलेका मनहरु छन, हामीसित । परदेश भासिएका कयौ मध्यको एक पात्रको नाताले यहाँ केही कोर्ने दुस्साहस गरेको मात्र हुँ ।

अरब, अमेरिका, जापान वा मलाया । जहाँ रहेपनी हामी माता र मातृभूमी भन्दा अलग र टाढा छौ । परेदेशिनुपर्ने अनेकन कारणहरु त आफ्नो ठाउमा छदैछन् । त्यसभन्दा अलग हामीलाई परदेश पठाउने नाउमा दलाल, संस्थाहरुबाट गरिएका ब्यक्तिगत र आर्थिक शोशणको पिडा दु:खदायी भएको सबैलाई ज्ञात भएकै बिषय हो । बहिनिको बिहे गर्दा लागेको ऋण, बाबुले जुवा तास खेली सम्पत्ति स्वाहा पारेको ऋण, गुजारा चलाउन मागिएको ऋण र ऋण बापत महाजनहरुलाई तिर्नुपर्ने असिमित ब्याजले लगाउने अर्को घाऊ झनै बढी चहर्याउने हुदोरहेछ । अब, हवाइजहाजमा छाडेर, भर्खरै बिहे गरेकी श्रीमती छाडेर, गर्भवती प्रेयसी छाडेर, माता-पिताको न्यानो स्नेहलाई चटक्क छाडेर, छोरो रोला भनी एकबिहानै उसलाई नउठाइ चुप्प निधारमा चुम्बन गरी मायालाई सम्झनामै छाडेर, साथीभाइ, इस्टमित्र, आलो मायाकी प्रियतमालाई छाडेर काठमान्डौको मैदानमा उड्नैको लागि गूड्न पर्दा बिहानै एअर-होस्टेजसँग एक प्याग प्याला माग्न मन लाग्दो रहेछ । भयो पनि त्यस्तै । भर्खरै प्याला पिउने बानी बसेको थियो क्यार । म परदेशिदा हाजात् (हवाइजहाज)मा आन्टी (होस्टेज)ले जितु नेपालले भनेसरी सोधिन्," ओइ, के खान्छस ? " परिवार बिछोडको रन्को अनी बहुतै गह्रुङो ऋणको बोझ । साथीहरुले भन्थे, प्यालाले चिन्ता हटाउछ । त्यसैले मलाई के मागुम्, के मागुम् भाको'थ्यो । नाम पनि आएन । " रेड लेबल दिनु न, हजुर " भने । आन्टी दङदास् । एउटा सानो बोत्तल र प्लास्टिकको गिलास दीइन । मैले पनि मारा दन्काइदिए पो । जहाज थियो, कतार सम्मको लागि । त्यसभित्र आन्टिहरुले स्वदेशिलाई गर्ने व्यबहार त यहाँ के उल्लेख गर्नु पर्ला र ? त्यसमाथि पनि एकाबिहानै रक्सी मागेपछी ! आन्टिहरुको व्यबहार उल्लेख गरेर आफ्नो नाक आँफै नकाटौ भो ।

जब मान्छेलाई दु:खले चेप्दछ नि , त्यसबेला अनेक कस्टहरु पनि चौघेरो भएर घेरिदा रहेछन । सम्पत्ति के सबैभन्दा ठुलो चिज हो ? पैसा हुनेलाई मात्र समाजले स्विकार गर्दछ ? निर्धनहरुको चाँही के जीबन होइन ? चैते भाईको पिडा र आमाको अस्मितामा किन तथाकथित समाजको गिद्धेद्रिस्टी पर्दैन ? फेरी महाजनहरुले परिवारलाई दिने दु:ख र टोकसो सम्झदा हरेक परदेशिको मन कटक्क कुट्किदो रहेछ । कहाँ हो, कता हो ! बस्ने कुनै ठाउँ छैन । खाना त कुन चराको नाम पो हो ? यस्तै हुदो रहेछ । एक छाक कम खान पाए मात्र पनि ऋण थोरै घट्थ्यो कि भन्ने पिरलो मात्रै । त्यसपछी बसोबासको त केही न केही अर्थ लाग्ने नै भयो । बिचरा चैते भाई पनि कसको सहरामा घर छोडि हिंडेको हो र, मनको सपना बाहेक ?

टोकसो किन पो घट्थ्यो र, महाजनहरुको ? आउने बित्तिकै, फेरी भन्ने बित्तिकै पैसा कमाउन पनि नसकिदो रहेछ । परदेशमा बस्ने ठाउँ पनि भन्ने बित्तिकै कसरी मिल्दो रहेछ र ? सबै आ-आफ्नै धुनमा । चिने जानेको कोही नहुँदा स्वस्थानीमा पढेको नरक जस्तो हुदो रहेछ, परदेश । रात त जता गए पनि पर्दो रहेछ फेरी । रातमै सम्झना बढी, आमाको, छोराको, बुवाको र बुढा हजुरबुवा-हजुरआमाको । तर पीर सधैं ऋणको । "कागज" (वोर्क पर्मिट् ) चाहिने रहेछ फेरी काम पाउन । बिस्तारबादी भनी गाली गरेर के गर्ने ? त्यही भईयाहरुको धोती नमसारे काम मरु । रातमा काम गर्नुपर्ने भो । ऋणको पीरले परिवारले मर्नुपर्ने भन्दा त परदेषिलाई बाध्यताको लागि जे पनि गर्नुपर्ने ठुलो हुदोरहेछ । लागियो काम । हिजो अस्ती पीरले निद्रा हराम हुन्थ्यो भने आजबाट कामले सबैथोक हराम ।

गर्दै जादा दु:ख र कस्ट त कहाँ पो नहुदो हो र ? प्रबल ईच्छा र घनघोर बाध्यताले समय गएको पनि पत्तो नहुदो रहेछ । २ पछी आउने ३ र चारै रहेछ, रैतिको मुलुकमा पनि । वर्शौ बिते, दु:खमा, सम्झनामा । रोदनमा अनी कस्टमा । चाडबाडमा सम्झना र शुभकामनाका खातिर परिवारलाई गरिने फोनहरु पनि बढो अश्रुपूर्ण हुँदा रहेछन । सम्पत्तिवालहरु गरीबका छोरी बलत्कार गर्दै हिडिरहेका छन रे मुलुकमा । धनीले गाडीले हानेर हजुरआमा मारिदियो रे अस्ती । यि र यसै खबरहरु हुँदा रहेछन, हरेक सम्झनाका फोनहरुमा । आमा भन्नुहुन्छ - "बाबु कहिले आउछस ? कती दशै-तिहार आए, गए । सबैका छोराहरु आउछन बिदेशबाट । तं भने ।" बुवा फोन समायो कि खाली रुनुहुन्छ, केही नबोली । हजुरआमा भन्नुहुन्थ्यो, " बाबु म त तिमीलाई देख्न नपाइकन मर्छु कि क्या हो ।" क्यान्सरले केही महिना अघी हजुरबुवा बित्नु भो ।

पैसा मात्रै केही होइनरहेछ । तर पैसा सबथोक हो रहेछ । सम्पत्ती केही होइन भनुम् भने, राजा बिरेन्द्रले नागर्जुन् बनदेखी गोरखकाली मन्दिरसम्म आफ्नै नाममा गरेका थिए । सम्पत्ती केही हो भने, बिरेन्द्र मरेर के लगे त ? उनले त लान केही पाएनन्-पाएनन्, शाखा-सन्तानको मृत्‍यु संगै के गयो त ? त्यत्रा सम्पत्ति र बिर्ताका मालिक ज्ञानन्द्र महाराज बनमा थुनेको बाघ झै बस्नुपरेको छ । रुपैयाको मुल्य छैन भने, किन महाजनहरु सदा गरीबमाथि खनिन्छन ? चैतेभाइ, म र खाडीका मेरा दाजुहरु, इजरायलमा मेरा दिदिहरु किन रातदिन रोएर बस्नु परेको छ ? के यो संसारको नियम हो ? गरीबको लागि मात्र भनेर बनाएको परिधी हो ? हो के र होइन के त ? खै के खै के ???? म त आश्चर्यमा छु

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada