*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

क्राउचले दिए एबेलाई धोका


लन्डन/ इंग्ल्यान्डका फुटबल स्टार पिटर क्राउचले एक १९ वषर्ीया 'हुकर' सँग अनैतिक सम्बन्ध गाँसेर आफ्नी भावी पत्नी एबे क्लान्सीलाई धोका दिएका छन् ।

इंग्ल्यान्डका प्रतिभाशाली स्ट्राइकरले म्याडि्रडमा छुट्टी मनाउने क्रममा नाइट क्लबमा काम गर्ने मोनिका मिन्टसँग शारीरिक सम्बन्ध कायम गर्न आठ सय पाउन्ड तिरेको बताइएको छ । 'उनी -क्राउच) आकर्षक देखिएका थिए, मैले उनलाई रोक्ने प्रयास पनि गरेँ,' मोनिकाले भनिन् ।
एबेसँग रोमान्टिक भ्रमण सकाएर आएको भोलिपल्टै क्राउचले सो कार्य गरेका हुन् । ट्याक्सीको पछाडि सिटमा नै यौनकार्य गर्न क्राउचले मोनिकालाई रकम दिएको तथा त्यसपछि उनीहरूले स्पेनी राजधानीको केन्द्रविन्दुमा रहेको एक होटलमा रात बिताएको बताइन्छ ।

न्युज अफ वल्र्डसँगको अन्तर्वार्तामा मोनिकाले भनिन्, 'पिटरलाई मसँग सेक्स गरेपछि कुनै ग्लानि थिएन । उनी अत्तालिएका पनि थिएनन् । मलाई उनी एबेसँग विवाह गर्दै छन् भन्ने थाहा पनि थिएन । मलाई विश्वास पनि लागेन एबेजस्ती आकर्षक महिला आफूसँग हुँदा उनले मजस्ती केटीसँग रकम खर्चिएर रात बिताए भन्ने कुरामा ।'

साथै, मोनिकाले करोडौँ समर्थक कमाएका क्राउचबारे थप कुरा पनि बताइनन् । उनले क्राउचलाई सेक्सका मामिलामा उदारको संज्ञा दिइन् । 'ट्याक्सीमा ड्राइभरले देखिरहेको छ भन्ने थाहा पाउँदा पनि उनले सेक्सका लागि आग्रह गरे,' उनले भनिन्, 'उनले मेरो नग्न शरीरको पनि खुलेर प्रशंसा गरे । साथै उनले मेरो मोबाइल नम्बर पनि टिपेका छन् ।'

गत महिना आफ्ना नजिकका मित्रका साथ क्राउच छुट्टी मनाउन म्याडि्रड पुगेका थिए । २४ वषर्ीया टिभी ब्युटी तथा मोडल एबेसँग सार्डिनियामा छुट्टी मनाएर फर्किएको दुई दिनपछि उनी म्याडि्रड गएका थिए । सो भ्रमणबाट फर्किएलगत्तै क्राउचले १६ जुलाइमा एबेसँग 'इन्गेजमेन्ट' को घोषणा गरेका थिए । खेलकुद हस्ती तथा सेलिब्रेटीको घुइँचो लाग्ने बुडा डेल मार नाइट क्लबमा १७ जुलाईमा भेट भएपछि मोनिका मिन्ट र ६ फिट सात इन्च अग्ला क्राउचले अनैतिक सम्बन्ध स्थापित गरेको दाबी गरिन्छ ।

त्यही नाइट क्लबमा मे २००५ मा भिक्टोरिया बेकह्यामले डेबिड बेकह्यामलाई ३०औँ जन्मदिनको भोजसमेत खुवाएकी थिइन् । एक वर्षअघि अल्जेरियाबाट स्पेन आएपछि मोनिका सो नाइट क्लबमा हुकरका रूपमा कार्यरत छिन् । 'मैले अर्को ग्राहक पनि भेटिसकेकी थिएँ, तर त्यहाँ काम गर्ने अन्य साथीहरूले पिटरसँग जान आग्रह गरे,' पाँच फिट तीन इन्च अग्ली मोनिकाले भनिन् ।

'जब म नाचिरहेकी थिएँ, त्यही वेला पिटर मेरोनजिक आए । केहीले उनी रक्सीले मात्तिएको बताए, मलाई भने उनलाई रक्सीले केही छोएको मात्रै लाग्यो । उनी साल्सा नाच्न खोज्दै थिए । त्यसपछि हामी एकसाथ नाच्यौँ । उनले मेरो पछाडि, पुट्ठा र स्तन समाते । उनले मेरो शरीर नियालेर हेरे अनि भने आकर्षक । हामीले खाएका सबै कुराको बिल पिटरले नै तिरे । उनले त दुई लिटर भोड्का पिए । मैले टेबलमा स्याम्पेनको खाली बोतल पनि देखेको थिएँ,' मोनिकाले जानकारी दिइन् ।

'मैले त सुरुमा उनको उचाइ हेरेर बास्केटबल खेलाडी ठानेकी थिएँ, तर अन्य मानिसले मलाई उनी लिभरपुलका फुटबल खेलाडी भएको बताए । म स्पेनी बोल्छु, तर अंग्रेजी कमै, पिटरका साथीले हाम्रो कुराकानीमा सहयोग गरेर सबै कुरा मिलाएपछि हामी होटल गयौँ । ट्याक्सीमा सेक्स गर्ने वातावरण मिलेपछि ड्राइभरलाई एक हजार युरो पनि दिनुपर्‍यो,' उनले भनिन् । त्यसपछि होटलमा गएर पनि आफूहरूले शारीरिक सम्बन्ध राखेको खुलासा मोनिकाले गरिन्, तर उनले क्राउच 'गुड किसर' नभएको दाबी गरिन्

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada