*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

किन लाग्छ माया


काठमाडौं/ पपुलर मल्टिमिडियाको ब्यानरमा गोपालचन्द्र लामिछाने निर्देशित फिल्म किन लाग्छ मायाको हाल डबिङ कार्य भइरहेको छ ।
'प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो' भन्ने सन्देश दिन खोजिएको बताइने आफ्नो फिल्म छिट्टै नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
फिल्ममा निखिल उप्रेती, राजबल्लभ कोइराला, झरना थापा, रवि गिरी, गरिमा पन्त, रामेश्वर बल्लाकोटीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको यो फिल्मको सङ्गीतकार लक्ष्मण शेष हुन् ।
साहित्यकार सुब्बा सम्मानित

काठमाडौं/ साहित्यकार एवं एमाले पोलिटब्युरो सदस्य विजय सुब्बालाई किरात लेखक संघले 'जातीय मुक्ति सम्मान' प्रदान गरेको छ । संघले आफ्नो चौथो स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा साहित्य लेखनबाट जातीय मुक्तिका लागि विशिष्ट योगदान पुर्‍याएबापत उनलाई सम्मान गरेको हो ।
साहित्यकार सुब्बालाई आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरातले सम्मानपत्र र पुरस्कारस्वरूप पाँच हजार नगद प्रदान गरे । कार्यक्रममा प्रगतिशील लेखक सघंका अध्यक्ष घनश्याम ढकाल, कवि भुपाल राई, श्रवण मुकारुङलगायतले जातीय मुक्ति आन्दोलनमा साहित्यको महत्त्वपूर्ण भूमिका रहने बताए ।

अब तेस्रो एल्बम
काठमाडांै/ गायक दीपक राईले तिम्रो लागि र तृष्णापछि तेस्रो एल्बम स्रोता माझ ल्याउँदै छन् । नाम नजुरिसकेको आफ्नो एल्बममा चलेका गीतकार तथा संगीतकारको सृजना रहेको उनी बताउँछन् ।

एक दशकदेखि संगीत क्षेत्रमा संघर्षरत खोटाङका दीपक आफ्नो नयाँ एल्बममा सबै शैलीका गीत रहेको बताउँछन् । संगीतलाई नै पेसा बनाएको बताउने उनी स्रोताको मायाले यो क्षेत्रमा निरन्तर लागिरहेको बताउँछन् ।

शरणाथ्र्ाीका कविता
काठमाडांै/ भुटानी नेपाली प्रतिनिधि कविको पहिलो कविता संगालो 'सम्झनाका खण्डित आकृतिहरू' को शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा डा. तुलसी भट्टराईले विमोचन गरे । विश्व भुटानी साहित्य संगठनद्वारा प्रकाशित यो संग्रहमा विभिन्न देशमा छरिएर रहेका ३० भुटानी शरणार्थीले लेखेका कविता संग्रहित छन् । कृतिको संकलन तथा सम्पादन शिवलाल दाहालले गरेका हुन् ।

कृतिमा ३८ वर्षदेखि भुटानी शरणार्थीले भोगेको कथालाई समेटिएको छ । विमोचित कविता कृतिमाथि बोल्दै समालोचक डा. गोविन्दराज भ×ट्टराईले प्रस्तुत संग्रहले भुटानी साहित्यमा ठूलो फड्को मार्ने विचार व्यक्त गरे ।
दुई बालसाहित्य
काठमाडांै/ रत्न पुस्तक भण्डारले बालसाहित्यका दुई चित्र पुस्तक 'सूर्यमुखी फूल' र 'गणितबाट रमाइलो' हालै बजारमा ल्याएको छ । दुवै पुस्तक माधव शर्माले लेखेका हुन् ।
पाँचवटा कथा समावेश भएको सूर्यमुखी फूलमा बालबालिकालाई सामाजिक, नैतिक तथा व्यावहारिक ज्ञान दिन खोजिएको छ । पुस्तकमा अल्छीपन कसरी हटाउन सकिन्छ ? कसरी मनोरञ्जन प्राप्त गर्न सकिन्छ ? जस्ता प्रश्नले सताउने र त्यसलाई गणितको सहायताले समाधान गर्न सिकाइएको छ । यो पुस्तक बालबालिकाका लागि ज्ञानबर्द्धक छ ।
छोरीबाट विमोचन
काठमाडौं/ गायक उदय सोताङ र गायिका मनिला सोताङको नयाँ एल्बम 'संवाद' विमोचित भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सोताङ दम्पती तथा पुत्री श्रेयाले सो एल्बम विमोचन गरिन् । संवादमा सोताङ दम्पतीका स्वरमा ९ गीत समावेश छन् । एउटा बाहेक सबै गीतमा उदय सोताङको संगीत रहेको छ ।

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada