*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

तिम्रो चिट्ठीको जबाफ just for you..............


सुन्दर र हस्तलिखित तिम्रा सम्झनाका ति चिठिका पानाहरुको लागि धन्यवाद !

मलाई त के हुनु छ र ? अर्काको देशमा भांडा माझ्न आउनेको के नौलो समाचार हुन्छ र ? तिमीले आफ्न घरमा बसेकाहरु सँग प्रत्येक महिना माग्ने गरेकी भाडा जस्तो सजिलो हुंदोरहेनछ, परदेशको जिन्दगी । राजधानिमा आलिशान महल, सुन्दर फ्ल्याटहरु, घरकै सटरमा स्व-ब्यापार । त्यो पो जिन्दगि, तिम्रो पो जिन्दगी । अर्कैसँग ऋण काढेर दु:ख बेसाउन परदेशिएका हामी अभागिहरुको के नयाँ त के पुरानो अनि के को साँचो बिसन्चो ? तिमीले छाडेर गएका मायाका यादहरु जस्ता निर्घात बिझाउने खालका हुँदा रहेछन्, परदेशका दैनिकी ।
न कुनै समाचार, न खाने ठेगान, न त सन्तोष नै ।
'के काम गर्छौ ? कति कमाउछौ ?' भनेकी रहिछौ ।
तिमीलाई चिन्नु एउटा ठुलो भूल भएछ, मेरो । 'प्रेम' त्यो थियो भने त आज 'मेरो सम्झनालाई साक्षी राख, दुनियांमा प्रेम भन्दा ठुलो पैसा छैन' भन्थ्यौ हौली । तिमीले भगवानसँग भाकेका भाकलहरु भुले पछि अनी साचो मायाको साटो सपनाको धन तिमीमा फुलेपछी, तिमीले जसरी नै मान्छेले मान्छेलाई हेप्न रत्तिभर बांकी राख्दो रहेनछ । खैर, ठिकै छ । चाहना भन्दा ठुलो कुरो रहेछ, भाग्य । सांचो मायाको मेरो चाहना अपुरो रह्यो भने भाग्यमानी तिम्रो दर्हो खप्परले धन पायौ, सुख पायौ । त्यसैले त आज, सम्झनाको भकारिमा मुसा बनेर म धान चपाउने चेस्टा गर्दैछु भने तिमी महारानी मानेर मैले चाखेको भकारीको धानको चामलको भातमा घीऊ झानेर खादैंछयौ । पुर्पुरो हुनु त तिम्रो जस्तो, दिनभरी तिम्रो खेतमा आली लाउने खेतालाको माया भन्दा, साउने झरिमा कुलोको पानी चोर्न आउने 'पानी चोर' को महल पाउनु ।

'अनि, फर्किने कहीले'नि' अं रे ?
यसो हुन्छ नि, तिम्रा महलमा फस्टाएका 'बिचरा, ती मेरा भतिजाहरु', जस्तै मेरो परदेशी भाडाको कोठामा हुर्कदैं गरेको बिचरोको के छ त खबर, भन्नु । तिमी भन्दा अलिकती अभागिनी 'मेरी' को हालखब्रर के छ त भन्नु, यसो सोध्नु ! ठाडै, मलाई सोधेको छ यार्, अनी मैले कमाउने पैसा र म फर्कने मिती ? खोइ भुपू मायालु, मैले तिम्रो ताल बुझिन । न म स्वदेश फर्केर तिम्रो र मेरो बीचको कालिगण्डकी माथि तुरतुरेतिर फर्कन्छ, न 'ती भतिजाहरुले' मलाई चिन्दछन र न त तिमो महलमा पाइला राख्ने हैसियतको भएको छु, म । गोजिमा दुई चार पैसो त मेरो कहिल्यै भएन र पनि मनमा माया चाँही सधैं भैरह्यो, चाहे त्यो केबल तिम्रो लागि नै किन नहोस्, सदाको लागि । तर अधुरो चाहना, बिझाउने सम्झना र असम्भब बर्तमानको अगाडि तिमीले भाकेका कुनै माइकालाल भगवानको पनि केही लाग्दो रहेनछ ।
खोलाको दुई किनारा भो, तिम्रो र मेरो पिरती !

मायाको त्यहि खोलाको यता पट्टिको किनारामा म 'सिंचाइको पानी' भएर सिन्चिएको छु, दुनियांका खेतमा भने , एउटै बाटो भएर पनि उता पट्टि चाँही गरीब किसानहरुको भर्खर लगाइएको आलीहरुको खेत भत्काउने 'भेल' भएकी छयौ, तिमी । संगै बहेर पनि तिमी भेल र म सङ्लो पानी जस्तै भयो, यो अनौठो पिरतीको मेल र बिमेलको मायाको खेलमा, हाम्रो जिन्दगी । मेरो पुकारा छ, म जसरी बांछे पनि तिमीलाई केही नहोस्, तिम्रा कसैलाई कृपया केही नहोस्, तिम्रा सुन्दर महलका भित्ताहरुमा अरुहरुका दाग नलागुन्, धर्ती फाटेपनी हासिरहोस्, तिम्रो मुहार । यही छ तिमीलाई मेरो शुभकामना र तिम्रो चिट्ठीको जबाफ

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada