*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

अन्लाईन मित्रता

बेलुकीको ७ बजेको थियो । ईन्टरनेटमा मस्त तरिकाले च्याटिङमा व्यस्त थिएँ । फेश बुक ,हटमेल ,गूगल अनी याहू गरेर चार तिर भ्याइ-नभ्याइ थियो । यसै क्रममा मेरो आँखा फेश बुकको एक फोटोमा पर्‍यो । त्यस पछी मैले त्यस फोटोमा प्रतिकृया लेखे । त्यस्को जवाफ आयो । मैले साथीबन्नको लागि रिक्वेस्ट पनि गरे त्यसको एक,दुई दिन पछी त्यो पनि स्वीकार गरेको पाए । मैले उनको व्यक्तिगत विवरण इन्फो भन्ने ट्यावमा क्लिक गरे त्यस पछी मैले उनको सम्पूर्ण व्यक्तिगत विवरण वारे जान्ने अवसर पनि पाए । त्यस पछी त्यहाँ वाट मैले उनको ईमेल र मोबाईल नम्बर पनि थाहा पाए ।

अनी मैले उनको ईमेल आइ डि लाई गूगल अकाउन्ट को मेरो ईमेल म लगेर जोडें। त्यस्पछीका दिन हरुमा मेरो र उनको प्राय फेश बुक अनी गूगल टल्क मार्फत भेट भै रहन्थ्यो ।अनी आ-आफ्नो बिबिध व्यक्तिगत कुरा अनी परिवारको बारेमा पनि कुराहरु भइ रहन्थ्यो । यसै गरी एक-दुइ गर्दा गर्दै धेरै दिन वा एक हप्ता बितिसकेको थियो । म प्राय: फुर्सदिलो थिए । त्यसैले मेरो काम फुर्सद्को समयमा ईन्टरनेटमा बसेर नयाँ समाचार हेर्ने देश-विदेशका साथीहरु सँग कुरा गर्ने थियो । त्यसैले गर्द फुर्सदको समयलाई सदुपयोग गर्न भनेर मैले एउटा ब्लग पेज पनि सन्चालन गरेको थिए ।

यसै क्रममा एकहप्ता बितेर अर्को हप्ता पनि बित्यो । तर मेरो र उनको अन्लाईन च्याटिङ कार्यक्रम भने रोकिएको थिएन ।यसै क्रममा कति दिनहरु बिते अनि बित्ने क्रम पनि जारी नै‌ थियो। एवम क्रममा एकदिन उनी सँग फेश बूकमा अन्लाईन च्याटिङ गरिरहेको थिए। यसै क्रममा उनले एउटा अनौठो शब्द भनिन भरे पछी मैले आँफैले अनुमान लगाउदा पो थाहा भयो त्यो दिन त उन्को जन्मदिन रहेछ । त्यसैले उन्ले त्यस्तो कुराहरु पोस्ट गरेको जस्तो लाग्यो । जे सुकै होस् उनी र म कुरा लामो समयको कुरा पश्चात साथी नै भैसकेका थियौ । यस्तै गरी केहीले जिस्किने कहिले यथार्थ कुरा गर्ने गरिन्थ्यो । त्यसैले गर्दा पनि म अस्पस्ट भएको थिए । र हुनु पनि स्वभाविक नै लागेको थियो । पछी मैले उनको जन्मदिनको अवसरमा उनलाई बिभिन्न माध्यम बाट जन्मदिनको उपलक्ष्यमा शुभकामना हरु सम्प्रेशण गरेको थिए । उनले कस्तो रुपमा लिइन त्यो त मलाई थाहा भएन थाहा हवोस पनि कसरी ?

यसै गरी उनी सँग भेट भएदेखी त्यस्तै फरक-फरक स्वरूपका गरी ४-५ वटा सायरी "Quotation" हरु पठाएको थिए होला । प्राय मेरो बानी के छ भने नयाँ फोन नम्बर हरु भेटाए भने त्यो नम्बरमा फोन गरिहाल्ने, यसैक्रममा मैले उन्लाई कल पनि गरेको थिए उनको मोबाईलमा भरे पछी उनिसँग फेरी अन्लाईनमा भेट भयो । अन्लाईनमा भेट हुँदा उन्लाई मेरो कार्य ठीक नलागेको कुरा गरिन । वास्तवमा त्यो उन्को कुरा ठिकै पनि थियो । अनी मैले आँफैँलाई धिक्कारेँ ,जस्तो भए पनि आफुँले गरेको कार्य लाई पनि थोरै मात्रमा भए पनि धिक्कारेँ । किन यति सस्तो गरेको होला एसएमएस अनी कल पनि महँगो हुनु नि । कति सजिलो, निर्धक्क अपरिचीतलाई नानाथरी लेख्न पाइने, न डर न लाज । वर्तमान सुचना र प्रबीधीको कारणले ल्याएको आधुनिक प्रविधिलाई धिक्कारेँ । पछि मैले अन्लाईनमा नै सरी भन्दै छुटिए । तर जे सुकै भए पनि मलाई कुनै प्रभाव परेन आखिर म पनि त औसत पुरूष नै त हुँ नि । प्रतिक्रिया किन लेख्दिनथेँ लेखिहाले फेश बुकमा ।

यसै गरी मेरो उनी सँगको अन्लाईन मित्रता लाई तिलान्जली दिए । आखिर त्यही भयो जुन कुरा मैले सोचेको थिए । त्यस पछिका दिनहरुमा न म उनी सँग कुरा गर्छु न कमेन्ट सम्बन्ध नै समाप्त भएको मैले महसुस गरेको छु । त्यसैले अवका दिनहरु मा कसैले पनि त्यस्ता साथीहरु सँग भेट्नु नपरोस ।

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada