*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

'नाइँ नभन्नु ल

भदौँ ४ मा नाइँ नभन्नु ल

चलचित्र लेखक विकास आचार्यको निर्देशनमा प्रदर्शनका लागि तयार चलचित्र 'नाइँ नभन्नु ल' भदौ ४ गते सार्वजनिक हुने भएको छ । प्रेमकथामा आधारित यो चलचित्रमा तीन नायक तथा एउटी नायिकाको अनौठो प्रेम प्रसंगलाई पर्दामा उतारिएको छ । रमेशजङ रायमाझीले निर्माण गरेको यो चलचित्रमा जीवन लुइँटेल, सुमन सिंह, मुकेश आचार्य तथा ऋचासिंह ठकुरीले केन्द्रीय भूमिका निर्वाह गरेका छन् भने यो चलचित्रमा महेश खड्काको संगीत सुन्न पाइनेछ ।
कानुन भदौ ४ देखि

उदय सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र कानुन आउँदो भदौ ४ गतेदेखि उपत्यकामा प्रदर्शन हुने भएको छ । वर्तमान राजनीतिक परिवेश एवं प्रेमकथामा आधारित यो चलचित्रको निर्माण मदनकुमार इङ्नाम, भीम चोङबाङ र रामप्रसाद चोङबाङले गरेका हुन् । एनबी मर्हजनको द्वन्द्व, राजेशपायल राईको संगीत, दिनेश पाखि्रनको नृत्य एवं कृष्ण श्रेष्ठको छायांकन हेर्न-सुन्न पाइने यो चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, दिलीप रायामाझी, झरना थापा, अरुणिमा लम्साल, सुनील थापा तथा दिनेश शर्माको मुख्य भूमिका छ ।
भदौं २५ देखि हिम्मत टु

दीपक श्रेष्ठको निर्माण एवं निर्देशनमा बनेको सिक्वेल चलचित्र 'हिम्मत टु' आगामी भदौं २५ गतेदेखि नेपाल अधिराज्यभरि एकैसाथ सार्वजनिक हुँदैछ । चलचित्रमा विराज भट्ट, युना उप्रेती र श्रीकृष्ण लुइँटेलको दोहोरो भूमिका छ । यसका साथै चलचित्रमा बसुन्धरा भुसाल, दिनेश डिसी, सुशील पोखरेल आदि कलाकारहरू छन् । काठमाडौं, पोखरा र जोमसोममा छायांकन गरिएको उक्त चलचित्रका संगीतकार आलोकश्री हुन् ।

धरानमा ँ१८३० एक इतिहासको’ प्रदर्शनी

यलम्बर फिल्म्सको ब्यानरमा निर्माण भएको '१८३० एक इतिहासको' शीर्षकको ऐतिहासिक चलचित्रको प्रदर्शन धरानको गणेश टाकिजबाट प्रारम्भ भएको छ । तत्कालै पूर्वका सम्पूर्ण बजारमा प्रदर्शन गरिने यो चलचित्रमा आधुनिक नेपालको इतिहासमा १८३० को घटनालाई मुख्य विषय बनाइएको छ । नेपाल एकीकरणका बेला तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले पल्लो किराँत राजा सोनाहाङमाथि कसरी युद्धमा विजय प्राप्त गरेका थिए भन्ने घटनाक्रम प्रस्तुत गरिएको यो चलचित्रमा नायिका मौसमी मल्ल, नायक सानुबाबा सुब्बा तथा पुष्प श्रेष्ठको प्रमुख्ा भूमिका छ । चलचित्रका निर्देशक दिनेश वान्तवा एवं निमार् ता छत्र आम्बुहाङ हुन् ।

जादुगरको सहयोग

हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठीले निर्माण एवं निर्देशन गरेको चलचित्र 'जादुगर' को प्रथम प्रदर्शन भोलि शनिबार काठमाडौँको कालोपुलस्थित हीरारत्न हलमा हुँदैछ । त्रिपाठीका अनुसार अपांग तथा सडक बालबालिकाहरूको सहयोगार्थ उक्त प्रदर्शन हुन लागेको हो । ४० जना बालबालिकाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र जादुगरमा त्रिपाठी स्वयं जादुगरको भूमिकामा छन् । मनोरञ्जनात्मक चलचित्र जादुगरमा विनोद खुम्बुको संगीत, रामनारायण चौधरीको छायांकन, खेम गुरुङको सम्पादन, योगेन्द्र श्रेष्ठको द्वन्द्व तथा शंकर बिसीको नृत्य निर्देशन छ ।

सिड्नीमा ँवीरताको चिना’

अस्ट्रेलियाको सिड्नीमा चलचित्र 'वीरताको चिनो'को प्रथम प्रदर्शन भएको छ । रेडकार्पेट ओछ्याएर उक्त चलचित्रको प्रथम प्रदर्शन गरिएको चलचित्रकी नायिका ऋचा घिमिरेले बताएकी छिन् । शंकर घिमिरेको निर्देशनमा चलचित्र 'वीरताको चिनो' मा विराज भट्ट, सुमन सिंह, ऋचा घिमिरे, रेजिना उप्रेती, रञ्जना शर्मा, सोभिता सिम्खडा, ध्रुव दत्त, कल्याण घिमिरे, सुशिल पोखरेल आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् भने चलचित्रको निर्माण श्याम सुवेदी तथा श्याम अर्यालले गरेका हुन् ।

छायांकन सकियो भोजपुरी चलचित्रको

जगदम्बा फिल्म्सको व्यानरमा निर्माण भैरहेकोे भोजपुरी कथानक चलचित्र 'प्यार करेला हिम्मत चाही' -प्रेम गर्न हिम्मत चाहिन्छ) को छायांकन सम्पन्न भएको छ । चलचित्रका निर्देशक अनिल सर्राफका अनुसार, छायांकनको काम ४० दिनमा सकिएको हो । वीरगन्ज, कलैया, जितपुर, निर्मलबस्ती, पथलैया जंगल तथा पोखरामा छायांकन गरिएको यो चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु भएको छ । नेपालीमा यो चलचित्रको शीर्षक 'प्रतिज्ञा' रहनेछ । भोजपुरी भाषाको यो चलचित्र नेपाल र भारतमा एकसाथ ४० देखि ५० ठाउँबाट प्रदर्शन हुनेछ ।

अनायसै कृष्णा

नायक निखिल उप्रेती तथा रेखा थापाबीच पानी बाराबारको स्थिति यद्यपि छँदैछ । एकअर्कासंग चलचित्रमा नायक-नायिका भएर अभिनय गर्नु त टाढाको कुरा हो, उनीहरु एक अर्काको सामुन्ने पनि पर्न चाहँदै नन् । यस्तो अवस्थामा पनि उनीहरु दुबैले अभिनय गरेको चलचित्र 'कृष्णा' गत साता काठमाडौँ उपत्यकामा सार्वजनिक भयो । राजेश हमाल, नन्दिता केसी, सन्तोष गुरुङ समेतको महत्त्वपूर्ण भूमिका रहेको यो चलचित्रमा रेखा र निखिलसंगै भएको एउटा पनि दृश्य छैन । सुजन लामाको निर्देशनमा चलचित्र 'नैना रेशम'का निर्देशक आरबीके शरदले उक्त चलचित्रको निर्माणका हुन् भने चलचित्रका संगीतकार पारस मुकारुङ हुन् । यो चलचित्रमा पुरानो चलचित्र 'आघात' को चर्चित गीत 'चोरी देउ, चोरी देउ' को रिमिक्स पनि सुन्न पाइन्छ ।

फेसबुकबाट पोस्टर

चलचित्र 'बाटोमुनिको फूल' का निर्माता राजेश घतानीले उक्त चलचित्रको पोस्टर फेसबुकमार्फत सार्वजनिक गरेका छन् । प्रेमको नौलो आयाम प्रस्तुत गर्ने यो चलचित्र इटालीबाट सार्वजनिक हुँदै माघ १० गते नेपालमा प्रदर्शन हुनेछ । सुरज सुब्बा 'नाल्बो'को निर्देशनमा निर्माणको अन्तिम चरणमा पुगेको यो चलचित्रमा यशकुमार, बाबु बोगटी, रेखा थापा, नन्दिता केसी आदि कलाकारको मुख्य भूमिका छ । यसअघि चलचित्र 'कुसुमे रुमाल' 'कोही मेरो' र 'फस्टलभ'ले पनि फेसबुकमार्फत आफ्नो पोस्टर सार्वजनिक गरेका थिए

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada