सुरुङ्गा, झापाकी स्थायी बासिन्दा सरस्वती संग्रौला काठमाडौँ आएको ३ वर्ष भयो । एसएलसी उत्तीर्ण गरेपछि उनले राजधानीबाटै प्लस टु गरिन् । सरस्वती अहिले बीबीएस अध्ययनरत छिन् । २१ वषर्ीया सरस्वती ५ फिट ४ इन्च अग्ली छिन् । २०६७ साल प्रारम्भ भएपछि उनको सानैदेखिको रहर पूरा हुन थालेका छन् ।
भदौ २६ गते आयोजना हुने मिस्टर एण्ड मिस काठमाडौँ-२०१० की एक प्रतिस्पर्धी सरस्वतीलाई निदेर् शक रेशराज आचार्यले नयाँ चलचित्रमा नायिकाका रूपमा अनुबन्ध गरिसकेका छन् । पहिले म मोडलका रूप्ामा स्थापित हुन्छु,' सरस्वती भन्छिन्, ँलक्ष्यचाहिँ चलचित्रको सफल नायिका बन्नु नै हो ।’ म्युजिक भिडियो तथा र्याम्प मोडलिङमार्फत मोडलिङ अघि बढाउने योजना बनाएकी सरस्वतीलाई क्याजुअल वेयर मन पर्छ । पछिल्लो समयमा क्याटवाकको प्रशिक्षण लिइरहेकी सरस्वतीलाई आफ्ना शरीरका अंगहरूमध्ये फिगर असाध्यै मनपर्छ । झापामै नृत्यको प्रशिक्षण लिएकी सरस्वती भन्छिन्, ँमेरा आँखा राम्रा छन् भन्नेहरू पनि धेरै छन् ।’
0 comments:
Post a Comment