*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

सरमले पानी-पानी Woooo


यौनका मामलामा अमेरिकी र युरोपेली समाज उदार छन् । त्यसको प्रतिविम्ब उनीहरूका कला, साहित्य र फिल्ममा प्रशस्त पाइन्छन् । अझ, हलिउडका फिल्म यौनसम्बन्धी कुनै पनि विषय या क्रियाकलाप असाध्यै सहज र निसंकोच ढंगले प्रस्तुत गर्छन्, चुम्बन होस् या बेड सिन । हामी ठान्छौँ कि हलिउडका कलाकार विना कुनै हिच्किचाहट सेक्स सिनका लागि तयार हुन्छन् । तर, कुरो त्यसो होइन रहेछ । उनीहरूलाई पनि सेक्स सिन दिनुपर्दा असाध्यै अप्ठ्यारो लाग्दोरहेछ, सरमले पानी- पानी हुँदारहेछन् यस्ता दृश्यमा । हलिउडका केही कलाकारका बयानअनुसार सेक्स सिन उनीहरूका सबभन्दा लज्जाजनक क्षणमध्ये एक हो ।

फिल्म टाइटानिकबाट चर्चामा आएका लियोनार्दाे डिकापि्रयो भन्छन्, 'सेक्स सिन गर्दा मलाई लाज लाग्छ ।' टाइटानिकको केट विन्सलेट र लियोनार्दाेको सेक्स सिन बहुचर्चित छ । त्यस्तै, 'रिभोल्युसनरी रोड'मा पनि यी दुई कलाकारको सेक्स सिन छ । यस फिल्ममा लियोनार्दाेलाई केटका पतिअगाडि सेक्स सिन गर्नुपरेको थियो । 'मलाई एकदमै मुस्किल भएको थियो यो दृश्य गर्न,' लियोनार्दाे बताउँछन्, 'म सरमले पानी पानी भएको थिएँ । केटको हालत पनि मेरो जस्तै थियो ।' तर, केटका श्रीमान्लाई भने कुनै अप्ठ्यारो लागेको थिएन ।

अर्का कलाकार रोबर्ट प्याटिन्सन आफूले गरेको एक सेक्स सिन सम्भिmँदा लाजले रातो हुन्छन् । फिल्म 'रिमेम्बर मी'मा उनलाई त्यो सिन गर्नुपरेको थियो । 'एमिल डि रोबिनसँग सेक्स सिन थियो,' उनी भन्छन्, 'सिनका लागि हामी दुवैले आ-आफ्ना 'प्राइभेट पार्ट'मा टेप लगाएका थियौँ । र, टेप बारम्बार खुलिरहेको थियो । हाम्रो सुटिङ तमासा भएको थियो । मेरा लागि यो एकदमै लज्जाजनक क्षण थियो ।'

ह्यारी पोटर फिल्म शृखलाका कलाकार रुपर्ट गि्रन्टको सेक्स सिन अनुभव पनि लियोनार्दाे र रोबर्टको भन्दा खासै फरक छैन । फिल्म 'चेरी बम्ब' मा किम्बर्ले निक्सनसँग उनको सेक्स सिन थियो । 'मेरो करिअरको पहिलो सेक्स सिन थियो त्यो,' रुपर्ट भन्छन्,

'मलाई लाग्थ्यो- महिला कलाकारलाई मात्रै सेक्स सिनमा अप्ठ्यारो हुन्छ । तर, त्यस दिन थाहा पाएँ, पुरुष कलाकारलाई सेक्स सिनमा कति गाह्रो हुँदोरहेछ !'

फिल्म 'इट प्रे लभ'मा जेम्स फ्य्रांकोलाई पनि सेक्स सिन गर्न साह्रै कठिन भएको थियो । जुलिया रोबर्ट्स र उनको सिन थियो । 'मलाई एकदम लाज लागेको थियो,' जेम्स बताउँछन् , 'मैले ठानेको थिएँ । जुलियाजस्ती पाको र खुला विचार भएकी कलाकारलाई यस्तो दृश्यमा खासै असहज लाग्दैन होला । तर, म गलत साबित भएँ । जुलिया पनि सरमले पानी-पानी भएकी थिइन्

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada