*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

चेर्नोबेल दुर्घटनाले बनायो खेलाडी


रुसी टेनिस सुन्दरी मारिया सारापोभा अहिले पनि पूर्वी बेलारुसको विकट स्थानको झन्झटिलो भ्रमणमा निस्कने गर्छिन् । त्यो विकट स्थान, गोमेलसँग उनको भावानात्मक सम्बन्ध गाँसिएको छ ।महिला खेलाडीका रूपमा यो ब्रह्मान्डमा सर्वाधिक आय गर्ने टेनिस सुन्दरी प्रायजसो संसारमै सबैभन्दा ठूलो विस्फोटन भएको स्थानमा पुग्न आतुर पनि रहन्छिन् । केही दिनअघि विकट गोमेलको जीर्ण विमानस्थलमा सारापोभाको निजी विमान ओर्लिएको देखियो । सो विमानस्थलका भवनहरूले पूर्व सोभियत संघलाई याद त दिलाउँछ नै, त्यहाँ विमानबाट अवतरण गर्न केही पेग भोड्का पिएर मुटुलाई बलियो पनि बनाउनुपर्छ । तर, अधिकांश मध्याह्नमा त्यहाँको आकाश भने सफा नै रहन्छ ।

त्यही विमानस्थलमा ओर्लंदासमेत सारापोभा कुनै राजकुमारीभन्दा कम देख्दिनन् । २३ वषर्ीया सारापोभाको पहिरन भने सामान्य नै थियो । साधारण खैरो पहिरनमा सजिएकी उनलाई त्यहाँ भव्य स्वागत पनि गरियो । त्यो उनको घर हो । चेर्नोबेल दुर्घटनाको साक्षी हो, सो क्षेत्र ।

२६ अपि्रल १९८६ को बिहानीपख नै थियो, विश्वभर समाचार फैलन सुरु पनि भइसकेको थियो, 'सोभियत संघमा आणविक दुर्घटना भयो । हजारौँ मानिस घाइते भएका छन् तथा केहीको मृत्यु पनि ।' त्यसको झन्डै वर्ष दिनपछि युरी र यलेना विषादीले भरिपूर्ण गोमेल छाडेर पश्चिमी साइबेरीतिर लागे अनि त्यहीँ मारिया युरिएभ्ना सारापोभाको जन्म भयो ।

मारियाका पिता त्यसवेला सधधधाइबेरियाको तेलखानीमा कार्य गर्थे । सारापोभासँगै गोमेल पुगेका युरीको ११ वर्षपछि गृह सहरको भ्रमण थियो ।

'साह्रै भावुक भइँदोरहेछ,' युरीले भने, 'यहाँ नजन्मिए पनि मारियालाई आफ्नो भूमिको माया छ । १९८६ को त्यो दिन सबै पागलजस्ता बनेका थिए । मानिस आफ्नो झोला बाँध्दै थिए तथा मौका मिल्नासाथ भाग्न खोज्थे ।'

त्यही मानिसका भीडमा युरी पनि मिसिए । गोमेलका आकाश विषादी हावाले ढाकिएको थियो अनि युरीका छिमेकी सिकिस्त बनिसकेका थिए । सो मार्मिक दुर्घटनाको चार महिनापछि नै यलेना गर्भवती बनिन् । उनी आफ्नो सन्तान सही सलामत जन्मने हो कि होइन भनेर चिन्तामै रहन्थिन् ।

सारापोभाको भ्रमणमा युरीले अरू रहस्य पनि खोले । उनले मारिया मात्र ६ वर्षकी हुँदा उनलाई फ्लोरिडा पठाए, छोरीसँग समय बिताए अनि आफ्ना संस्मरण सुनाउन उनलाई नजिकैको जंगलमा पनि घुमाउन लैजान्थे । अनि सरकारी अस्पताल भर्ना भएकी हजुरआमालाई हेर्न पनि उनी बाराम्बार गइरहन्थिन् ।

चेर्नोबेलले उत्पन्न गराएको त्रासादीबारेमा सारापोभाले विभिन्न जानकारी पनि लिइन् । उनले अध्ययनकै क्रममा अर्को एउटा जानकारी पाइन्, रेडियो एक्टिभका कारण गोमेलमा जन्मिएका नौ हजार बालबालिकाले समयभन्दा पहिले नै ज्यान गुमाउनुपरेकोबारे । त्यही कारण उनलाई संयुक्त राष्ट्रसंघ विकास योजनाले सो क्षेत्रको सद्भावना राजदूत नियुक्त गर्दा उनले सहजै सो प्रस्ताव स्विकारिन् ।

'मेरा पिताका परिवार अहिले पनि यहीँ बस्छन्, म यहाँ आउँदा उनीहरू सबैलाई भेट्छु,' सारापोभाले भनिन्, 'यहाँ त्रासदीपूर्ण भयंकर दुर्घटना भएको थियो भन्नुबाहेक अन्य विवरण दिन म अझै तयार भइसकेकी छैन । उमेर बढ्दै जाँदा यहाँका बारेमा अझै अध्ययन गर्नेछु । सो दुर्घटनाका कारण बिचल्लीमा परेका परिवारलाई सहयोग पनि गर्छु ।' 'धेरै मानिसले चेर्नोबेललाई बिर्सिसकेका छन्, तर म सधैँ सम्झनेछु । त्यो दुर्घटनापछि जन्मिएका बालबालिकालाई सहयोग गर्नेछु ।'

त्यहाँ जन्मिएका अधिकांश बालबालिकामा थाइरोड क्यान्सर देखिने गरेको छ । त्यहाँका स्थानीय अस्पतालमा झन्डै एक हजार चार सय सो बिरामीको उपचार गराउँदै छन् । सारापोभाले अस्पताललाई सहयोगस्वरूप दुई लाख ५० हजार पाउन्ड पनि उपलब्ध गराइन् ।

'बेलारुसको इतिहास दुखान्त छ, यहाँ धेरै कुरा गलत भए । मलाई नजिकको आभास दिने स्थान यो पनि हो । मैले यहाँ बस्नु त परेन किनभने मेरा परिवार यहाँबाट अन्यत्र सरे । यसैले गर्दा मेरो जीवनमा नयाँ कुराले प्रवेश पाए । मलाई हुर्काउन मेरा अभिभावकले धेरै समस्याको सामना गर्नुपर्‍यो । म आफ्नो जिन्दगीको माया गर्छु, म टेनिस खेल्न मन पराउँछु, म सधैँ कोर्टमा पुग्न आतुर रहन्छु,' उनले भनिन् ।

'चेर्नोबेल दुर्घटना नभएको भए मेरो जीवन अर्कै हुन्थ्यो,' सारापोभाले भनिन्, 'सम्भवतः म टेनिस खेल्दिनथेँ होला ।'

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada