*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

प्रहरी र युवतीको शव होटलमा

शवसँगै भेटिएको 'सुसाइड नोट'मा मृतकद्वयले आफूहरु श्रीमान्-श्रीमती भएको आसय व्यक्त गरेका छन्, तर उनीहरु प्रेमी-प्रेमिका भएको प्रहरीको दाबी छ  
बुटवल, ६ भदौ : बुटवलको नेपालगन्ज रोडस्थित सिन्दूर होटलमा प्रहरी जवान र उनकी प्रेमिका मृत अवस्थामा भेटिएका छन् । शनिबार मध्याह्न साढे १२ बजे होटल आई बसेका उनीहरू आइतबार मध्याह्न १२ बजेतिर मृत अवस्थामा फेलापरेका हुन् ।
होटलको कोठा नम्बर २०१ मा तनहँु घर भई वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीमा कार्यरत प्रहरी जवान काशीनाथ पण्डित र तनहुँ मनपाङ-५ जन्मस्थल भई ढोरफेदी बस्ने ३० वषर्ीया सीता रानाको शव फेलापरेको हो ।
शवसँगै भेटिएको 'सुसाइड नोट'मा मृतकद्वयले आफूहरूलाई श्रीमान्-श्रीमती भएको आशय व्यक्त गरेका छन् । तर, उनीहरू दम्पती नभई पे्रमी-प्रेमिका रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ । मृतक पण्डितको घरमा श्रीमती भएको र रानाको श्रीमान् विदेशमा रहेको पाइएको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार जवान पण्डितले श्रीमतीलाई औषधि गराउनु छ भनेर बिदा लिएका थिए ।

उनीहरूले कोठामा लेखेर छाडेको पत्रको अन्तिममा 'हजुरहरूको छोरा-बुहारी' भन्ने उल्लेख छ । आफूहरूले धेरै दुःख दिएको भन्दै मृत्युपछिका इच्छासमेत व्यक्त गरिएको छ । बाबुआमालाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ, 'हामीले धेरै दुःख दियौँ, हामी दुवै यो संसार छाडेर जाँदै छौँ । मेरो अन्तिम इच्छा पूरा गरिदिनुहुन्छ भने कालो बोका ढोरबाराही मन्दिरमा चढाइदिनू । मेरो भाकल छ । साथै, दमौलीको बेनीमा मलाई दाहिने र मेरो हितैषीलाई बायाँ राखेर जलाइदिनू या बगाइदिनू ।'

त्यस्तै, अर्को पत्रमा लेखिएको छ, 'सिन्दूर होटलमा खाएको चार हजार रुपैयाँ यहीँ छाडेको छु, त्यो लिनुहोला । होटल साहुलाई दोष नदिनू ।' आत्महत्या गर्नुअघि होटेलमा बसेको कोठाको ओछ्यानमा दुवैको पूर्णकदको तस्बिर सजाइएको थियो । घटनाको प्रकृति हेर्दा उनीहरूले आत्महत्या गरेको देखिने प्रहरीको भनाइ छ ।  

आइतबार बिहान अबेरसम्म कोठाको ढोका नखोलेपछि होटल सञ्चालकले सुरुमा फोन गरेको र फोन नउठेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आई ढोका फोडेर हेर्दा पण्डित झुन्डिएको अवस्थामा र राना शौचालयमा मृत अवस्थामा पल्टिएको

फेलापरेका थिए । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि यसको कारणबारे भने थप अनुसन्धानपछि मात्रै थाहा हुने बताए । उनीहरूले प्रयोग गरेको कोठामा "समाधान प्लस" नामक तीन विषादीका बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ ।

होटलका सञ्चालक ध्रुव तुलाचनले बिहान कोठा जाँच गर्ने समयको फलो गर्दै फोन तथा ढोका ढकढक्याउनेसम्मका कार्य गर्दासमेत कुनै प्रतिक्रिया नआएपछि प्रहरीलाई खबर गरेको बताए ।
naya patrika............

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada