*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

मिस नेपाल यसै साता

ठ्याक्कै पाँच दिन पछि अर्थात् आगामी बुधबार भदौ १६ गते साँझ ८ बजेभित्र देशले वर्ष-२०१० को मिस नेपाल पाउनेछ । हिडन टे्रजरले आयोजना गर्ने यस वर्षको मिस नेपालमा १८ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । डेढ महिना यता प्रशिक्षणमा व्यस्त देशका विभिन्न भागको प्रतिनिधित्व गर्ने युवतीहरूले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा निर्माण गरिने कलात्मक र्‍याम्पमा करिब साढे दुई घन्टासम्म आफ्नो सुन्दरता एवं बौद्धिक क्षमता प्रस्तुत गर्नेछन् ।

आधा दर्जन निणर्ायकले मिस नेपालको मुकुट पहिरिने भाग्यमानी सुन्दरीको छनौट गर्नेछन् । उनले आगामी मंसिर महिनामा चीनमा आयोजना हुने मिस वल्र्ड-२०१० मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

मिस नेपालको झन्डै डेढ दशक लामो इतिहासमा विजेताले पुरस्कार स्वरूप पहिलोपटक कार पाउने भएपछि यसपटक 'पढेलेखेका' तथा 'राम्रो परिवार' बाट आएका सुन्दरीहरूले भाग लिएको आयोजकको दाबी छ । प्रतियोगितामा काठमाडौ ंका ८ जना युवती सहभागी छन् । ललितपुरका ३ जना तथा राजधानी बाहिर धरान, सुनसरी, राजविराज, वीरगन्ज, काभ्रे, तनहुँ, अर्घाखाँची तथा महेन्द्रनगरका एक-एक जना युवती यसपटकको प्रतियोगितामा प्रतिस्पर्धी बनेका छन् ।

प्रतिस्पर्धामा सहभागी अधिकांश सुन्दरी स्नातक तहमा अध्ययनरत छन् । वीरगन्जकी ईशा खड्गी स्नातकोत्तर -एमबीएस) तहमा अध्ययनरत छिन् । कोटेश्वरकी बिनिता थापा नर्स हुन् । धरानकी पि्रया रानी लामा माइक्रो बायोलोजीमा बीएस्सी गर्दैछिन् । शारीरिक उचाइका कारण पनि यस पटकका प्रतिस्पर्धीहरूले विगतकासहभागीहरूलाई उछिनेका छन् । प्रतिस्पर्धीहरू मध्ये पाँच फिट चार इन्चभन्दा होचा कोही छैनन् । १९ वषर्ीया पि्रना महर्जन सबैभन्दा अग्ली छिन् । पा ँच फिट आठ इन्च अग्ली पि्रना भन्छिन्, 'प्रशिक्षणपछि आत्म विश्वास पनि बढेको छ ।'

प्रतिस्पर्धामा केही स्थानीय सौन्दर्य प्रतियोगिताका विजेताले पनि भाग लिएका छन् । पि्रया लामा धरानमा सम्पन्न मिस पूर्वाञ्चलकी उपविजेता हुन् । यसै वर्ष सम्पन्न कलेज एम्बेसडरकी विजेता अजिता सिंह पनि आफूलाई मिस नेपालको प्रवल दावेदार मान्छिन् । बीबीएकी यी छात्रा पाँच फिट साढे छ इन्च अग्ली छिन् ।

नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने मिस नेपाल-२०१० प्रतियोगिता सवा ४ बजे प्रारम्भ भैसक्नेछ । आयोजक हिडन टे्रेजरले प्रतियोगितालाई वातावरणको थिम दिएको छ । आयोजक संस्थाका प्रमुख गोपाल सुन्दर कक्षपति भन्छन्, 'स्टेज डिजाइनदेखि प्रतिस्पर्धीको पहिरनमा पनि वातावरणलाई झल्काउने प्रयास गरिएको छ ।' कक्षपति यसअघि मिस नेपालको तुलनामा यस वर्षको प्रतिस्पर्धा विशेष हुने बताउँछन् । 'विजेताले कार तथा नगद पचास हजार रुपैयाँ पाउनु आफैंमा एउटा ठूलो उपलब्धि हो', कक्षपती भन्छन्, 'फस्ट रनर्स अपले स्कुटरसहित नगद ४० हजार तथा सेकेन्ड रनर्स अपले नगद ३० हजार पाउनेछिन् ।' यसबाहेक नौ वटा शीर्षक उपाधि जित्नेहरूले १०-१० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताका विजेताले मिस क्याटवाक, फोटोजेनिक, ब्युटिफूल हेयर, कम्प्लेक्सन, मिस ट्यालेन्ट, ब्युटिफूल स्माइल, मिस पर्सनालिटी, मिस प|mेण्डशीप तथा भ्युअर्स च्वाइस एवार्ड गरी नौवटा उपाधि पाउनेछन् । भ्युअर्स च्वाइस एवार्डको छनौट भने एसएमएसबाट प्राप्त मतको आधारमा प्रदान गरिनेछ ।

परिचयात्मक चरणबाट प्रारम्भ हुने प्रतियोगिता टप टेन हुँदै निणर्ायक चरणसम्म पुग्नेछ । उत्तम क्रिएसनका आकर्षक गाउनमा सजिएर प्रतिस्पर्धी सुन्दरीहरूले आफ्नो परिचय दिनेछन् । पूर्वमिस नेपाल सुगरिका केसी तथा रेडियो कान्तिपुरका आरजे सुमित सिग्देलले यस पटकको मिस नेपाल सञ्चालन गर्नेछन् । प्रतियोगिताका क्रममा केही मनोरञ्जनात्मक प्रस्तुति पनि समावेश गरिनेछ । प्रतियोगिताको थिम नै वातावरण भएकाले नृत्यांगनाहरूले वातावरण संरक्षणको सन्देश दिने कलात्मक नृत्य प्रस्तुत गर्नेछन् ।

मिस नेपालको प्रशिक्षणका क्रममा सहभागी युवतीहरूलाई धेरै ठाउँको भ्रमण गराइएको छ । सुन्दरीहरूले पशुपतिनाथस्थित वृद्धाश्रमका वृद्ध-वृद्धालाई मात्र भेटेनन् माइती नेपालमा आश्रति नारीहरूसँग पनि भलाकुसारी गरे । उनीहरूले बालमन्दिरका बालबालिकाहरूलाई चकलेट पनि बाँड्न भ्याए भने चोभारमा पुगेर वृक्षरोपण समेत गरे । रचना शर्मा गुरुङको कोरियोग्राफीसँगै सहभागीहरूलाई आधा दर्जन व्यक्तित्वले विभिन्न विधामा प्रशिक्षणसमेत पि्रदान गरियो । योगेन्द्र शाक्य, सपना मल्ल, लिली थापा, सुमन शाक्य आदिले मिस नेपालका सहभागीहरूलाई पर्यटन, महिला अधिकार, नेतृत्वको विकास आदि विधामा प्रशिक्षण दिएका थिए ।

प्रतियोगीहरूको प्रतिभा

गत शुक्रबार कमलपोखरी स्थित रसियन कल्चर सेन्टरको प्रेक्षालयमा मिस नेपाल उपाधि विजेताहरू उषा खड्गी, सुगारिका केसी, जेनिसा मोक्तान दर्शकदीर्घामा थिए । उनीहरू नयाँ मिस नेपालमा चयन हुन प्रतिस्पर्धाको मैदानमा उत्रिएका प्रतिस्पर्धीहरूले प्रदर्शन गरेको प्रतिभा नियालिरहेका थिए । मञ्चमा पालैपालो मिस नेपाल-२०१० का १८ जना सहभागीले आ-आफ्नो प्रतिभा प्रदर्शन गरे । कार्यक्रममा उनीहरूले गायन, वकतृत्वकला, जादु, चित्रकला एवं नृत्य प्रतिमा प्रस्तुत गरेका थिए ।

आ-आफ्नो ट्यालेन्ट प्रदर्शन गर्ने क्रममा पि्रयारानी लामाले आधुनिक शास्त्रीय मिश्रति फ्युजन नृत्य प्रस्तुत गरिन भने रक्षा थापाको शास्त्रीय नृत्य पनि प्रभावकारी थियो । संयुक्ता तिमिल्सिनाको योग शैलीमा आधुनिक कत्थक नृत्यले दशर् कहरूबाट लामो ताली पाएको थियो । तिम्सिनाको प्रस्तुति युनिक र कलात्मक रह्यो । सुजाता स्वार 'पल पल रोएँ जिन्दगीमा' तथा अनिता आचार्यले 'भिज्यो सिरानी रातमा' गीतमा प्रस्तुत गरेको नृत्यले उपस्थिति प्रायःलाई भावुक बनाएको देखिन्थ्यो ।

नृत्य प्रतिभा प्रस्तुत गर्ने अन्य प्रतियोगिताहरूमा कुशुमाञ्जली सेसी, अमिस्ता घिमिरे, पि्रना महर्जन, सुपि्रया केसी, सहाना बज्राचार्य तथा इशा खड्गीको प्रस्तुति पनि आकर्षक थियो । प्रतिभा प्रदशर्ननकै क्रममा वषर्ा श्रेष्ठले तासको जादु प्रस्तुत गरिन् भने समृद्धि राईले सुमधुर गीत सुनाइन् । चाँदनी अन्सारीले भने चित्रकलामार्फत शान्तिको महत्त्व दर्साइन् । अजिता सिंहले वर्तमान राजनीतिक अवस्थाका सम्बन्धमा चर्चा गरिन् । चाँदनी घेवाजुले विश्वव्यापारीकरणका सम्बन्धमा आफ्नो वक्तृत्वकला प्रस्तुत गरिन् । विनिता थापाले भने क्यान्सर-पीडितहरूका लागि सहयोगको अपिल गर्दै रोगविरुद्ध लड्न आवाज उठाइन् । सदीक्षा श्रेष्ठको वकतृत्वकला जलवायु

परिवर्तनसँग सम्बद्ध थियो ।

द हिँडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल-२०१० को अन्तिम प्रतिस्पर्धा आउँदो बुधबार अर्थात् भदौ १६ गते सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सञ्चालन हुनेछ । मिस नेपाल विजेताले आगामी अक्टोबर ३० मा चीनको सान्यामा हुने मिस वल्र्डमा नेपालका तर्फबाट सहभागिता जनाउनेछिन । फस्ट सर अप विजेताको प्रतिनिधित्व भियतनाममा आउँदो डिसेम्बर ४ मा सम्पन्न हुने मिस

अर्थमा हुनेछ ।

यसबीच माओवादीको महिला मोर्चाका तर्फबाट वक्तव्य जारी गर्दै सभासद् जयपुरी घर्तीले प्रतियोगिताको विरोध गरेकी छिन् ।

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada