*** शर्बप्रथम स्वागतम अनी नमस्कार हजुरहरु लाई । यो सानो मिलनसंसार ब्लगस्पोट मा मीठा-नमीठा रोचक अनी रमाइला गीत संगीत ,र पत्रपत्रीका साथै मनोरन्जन का कुरा हेर्न सकिन्छ । र आफ्नो मनको कुराहरु पनि garna सकिन्छ । milan.

कान्तिपुरमा यौन र डलरकाण्ड पोलापोल

काठमाडौँ । आफ्नै महिला सहकर्मी पत्रकारलाई यौन दुर्व्यवहार गरेको अभियोगमा कान्तिपुरका वरिष्ठ संवाददाता विकास थापा निलम्बनमा परेका छन् । थापालाई तत्काल राजीनामा नदिए निष्कासन गर्नेसम्मको धम्की दिइएको चर्चा कान्तिपुरकर्मीबीच चलेको छ । यता विकास थापाले भने आफूलाई सम्पादक सुधीर शर्मा, समाचार संयोजक हरिबहादुर थापा र चीफ रिर्पोटर गोपाल खनालको षडयन्त्रमा मैना धिताललाई उपयोग गरेर फसाइएको गुनासो साथीहरुसँग गर्न थालेका छन् ।

लामो समयदेखि कान्तिपुरमा जलस्रोत र ऊर्जासम्बन्धी समाचार लेख्दैआएका विकास थापामाथि दुइ साताअघि सोही पत्रिकाका पत्रकार मैना धितालाई सेक्सुअल हृयारेस्मेन्ट गरेको संगीन अभियोग लगाई निलम्बन गरियो । मैनाले आफूलाई विकासले एक वर्षन्दा अघिदेखि यौनदुर्व्यवहार गरेको र लगातार नक्कली इमेल आइडीबाट अश्लिल फोटो, इमेल र भिडियो पठाएर हैरानी पारेको उजुरी दिएकी थिइन् । यद्यपि विकासले आफूमाथि लागेको आरोपपत्र देखाउन व्यवस्थापनलाई चुनौती दिएका छन् ।
संयोग कस्तो परेको छ भने, ट्रेड युनियनको पहलमा सबै स्टाफहरुको तलब २ हजार बढाइनुपर्ने मागपत्रमा विकासले हस्ताक्षर गरेकै बेला उनीमाथि निलम्बनको कारवाही भएको चर्चा पनि चलेको छ । मैनाले विकास विरुद्ध अदालतमा समेत जाने धम्की दिएपछि यो केसमा अन्य वरिष्ठहरु पनि तानिने चर्चा समेत कान्तिपुरमा चलेको छ । विकासले नक्कली आइडीबाट मैनालाई पठाएको भनिएको इमेलमा उनी र कान्तिपुरकै एकजना वरिष्ठ समाचारकर्मीबीचको सम्बन्धका बारेमा समेत लेखिएको र अदालतमा लैजादा त्यो पनि जाने र र्सार्वजनिक हुने चर्चा पनि यहीबेला चलेको छ ।

यद्यपि मैनालाई आर्थिक बिटमा स्थापित गर्ने र श्रीलंकासम्म लैजाने श्रेय पनि विकास थापालाई नै दिने गरिएको छ । १८ वर्षदेखि कान्तिपुर प्रकाशन गृहमा कार्यरत विकास थापा शुरुमा कम्प्युटर अपरेटर थिए । तर उनले त्यस पदबाट राजीनामा दिएर आफू निलम्बनमा परेपछि राजीनामा वा निष्कासनको दबाव झेलिरहेका थापाले तै कुरा मिलिहालछ कि भनेर यसबीचमा श्रीमतीसहित गएर हरिबहादुर थापालाई घरमै भेटेका थिए । हरिबहादुरकी श्रीमती उनलाई जागिर थमाउनपर्छ भन्नेमा सकारात्मक भए पनि हरिले विसकाप्रति सदासयता नदेखाएको चर्चा पनि चलेको छ । ट्रेड युनियन सम्वद्ध मजदुरहरु विकासको पक्षमा कुरा गर्न जाँदासमेत हरिबहादुरले यस्तो केसमा विदेशमा भए विकास जेल परिसक्थ्यो, यहाँ त निलम्बनमात्र भएको छ भन्ने जवाफ दिएर पठाएको चर्चा पनि चलेको छ । उता यौन दुर्व्यवहारमा परेकी भनिएकी मैनाले भने विकासलाई लिखितरुपमा माफी मगाएर कान्तिपुरबाट निकालिनु पर्ने माग गरेकी छिन् । यसैबीच सो घटनाबारे प्रतिक्रिया लिन खोज्दा कान्तिपुरकर्मी मैना धितालले सो प्रकरण आफ्नो व्यक्तिगत मामिला भएको र आफ्नै ढंगले लड्ने बताउँदै यो समाचार प्रकाशित गरेमा टाउको फुटाउने धम्की दिइन ।

यसैबीच मैना धितालबाट आरोपित पत्रकार विकास थापाले भने एनजीओको दलाली गरेर पत्रकार बन्न खोज्ने मैलाले आन्तरिक र वाहृय शक्तिहरुको गोटी बनेर आफ्नो १८ बर्षे पत्रकारिताको इतिहासलाई मेटाउन सुनियोजितरुपमा षडयन्त्र गरेको प्रतिक्रिया दिएका छन् । एनजीओ र विदेशीहरुको दलाल बनेर पत्रकारिता गर्न पाइँदैन, जुन कुरा मैनाले गरिरहेकी छिन् । १८ वर्षदेखिको मेरो पत्रकारिताको इतिहासलाई मेटाउने सुनियोजितरुपमा लामो समयदेखिको षडयन्त्रको पछिल्लो कडी यो कथित इमेल प्रकरण हो । म र्सार्वजनिक व्यक्ति हु, मैले नक्कली आइडी खोलेर उनलाई हृयारेस गर्नु छैन र मैले डलरखेती गरेर पत्रकारिता गरेको पनि छैन र गर्दिन पनि विकासले भने । कान्तिपुरमा जलस्रोतको सम्बन्धमा राष्ट्रियताको पक्षमा लेख्दा विदेशीहरु पनि मेरो विरुद्ध लागेका थिए, यी सबै घटनाक्रमहरुको संयोजन मेरो निलम्बन हो, कुनै दिन लेख लेखेर पनि म यी सबै षडयन्त्रहरुको भण्डाफोर गर्नेछु । उता व्यवस्थापनले कानुनअनुसार स्पष्टीकरण र सचेतपत्र समेत निदिइ निलम्बन गरेको भन्दै उनले कानुनी उपचार खोज्ने समेत संकेत दिए ।

त्यसो त विकासमाथिको कारवाहीमा स्याल कराउनु र कुखुरो हराउनु एकैपटक भएको चर्चा पनि कान्तिपुर परिसरमै चलेको छ । उनले लामो समयदेखि मैनाप्रति आशक्ति देखाएको कुरा नयाँ थिएन, बरु कान्तिपुर भित्रकै राजनीतिले पनि काम गरेको बताइन्छ । उता बलराम बानियालाई नागरिकबाट कान्तिपुरमा लैजाने भूमिका पनि विकासले नै खेले । त्यसबाट हरि र गोपाल खनाल रुष्ट भएकाले अन्तिममा उनी कसैको पनि हुन नसकेको चर्चा समेत चलेको छ । अहिले बलराम बानिया निरीह र लाचार रिपोर्टरमात्र बनेर बसेका छन् । त्यसो त विकासको सम्बन्ध हरिबहादुरसँग ब्रि्रनुमा ऊर्जामन्त्रालयको प्रकरण पनि गाँसिएको छ । विकासले माथिल्लो तामाकोशीको कार्यकारी निर्देशक नियुक्ति प्रकरणमा अर्जुन कार्कीको प्रशंसा गरेर लेख तथा समाचार लेखेका थिए भने हरिबहादुरले ऊर्जामन्त्री प्रकाशशरण महतको पक्षमा लेखेका थिए । यसबाट पनि उनीहरुबीच सम्बन्ध चिसिएको बताइन्छ ।

0 comments:

Post a Comment

कम्प्युटर भाइरस के हो ? यसवाट कम्प्युटरलाई वचाउँने तरिका ।

अहिले सबैजसो क्षेत्रमा कम्प्युटरको प्रयोग अपरिहार्य बन्दै गएको छ । व्यक्तिगत प्रयोजनदेखि कार्यालयको कामका लागि कम्प्युटर नभइनहुने भैसकेको छ । कम्प्युटरको बढ्दो प्रयोगसँगै प्रयोगकर्ताले झेलिरहेको समस्या हो- भाइरसको अतिक्रमण । यो भाइरसले मानव शरीरलाई केही गर्दैन । किनभने कम्प्युटर भाइरस कुनै जीवित प्राणी वा जीवाणु होइन । यो एक प्रकारको कम्प्युटर प्रोगाम हो । यसले कम्प्युटरमा भएका फाइल र प्रोगामहरूलाई बिगार्नुका साथै गलत निर्देशन दिन्छ र काममा बाधा पुर्‍याउँछ । भाइरसले कम्प्युटरमा प्रवेश गरिसकेपछि के काम गर्ने भन्ने कुरा भाइरस निर्माताहरूले पहिल्यै निर्धारण गरेका हुन्छन् र यसले त्यसै अनुसार काम गर्छ ।
पेन ड्राइभ, डिक्स, फ्लपी आदि माध्यमबाट कम्प्युटरमा भाइरसले प्रवेश गर्छ । इन्टरनेटबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । अहिले पोर्न साइटबाट बढी भाइरस छिर्न थालेको विज्ञ बताउँछन् । कुनै पनि सामग्री डाउनलोड गर्दा साथमा भाइरस भित्रिन सक्छ । इमेलमार्फत पनि त्यस्ता भाइरसहरू आउन सक्छन् । त्यसैले यी सबैको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ ।
भाइरसको प्रवेशले हाम्रो कम्प्युटर सञ्चालनमा बाधा उत्पन्न हुन्छ । साथै फाइल तथा प्रोगामहरू हराउने डर पनि उत्तिकै हुन्छ । कम्प्युटरमा सुरक्षित गरिएका फाइल र तथ्यांकहरू बिगारिदिने वा हराउने मात्र नभै कम्प्युटर प्रणाली सञ्चालनमै अवरोध सिर्जना गर्ने भएकाले एन्टी भाइरस सफ्टवेयर राख्ने गरिएको छ ।
भाइरस निर्माताहरूले विभिन्न कारणले भाइरस बनाउँछन् । त्यसैगरी कुनै पनि सफ्टवेयर निर्माणका क्रममा अन्जानमै पनि त्यस्तो भाइरस सिर्जना हुने बताइन्छ । यद्यपि धेरैजसो भाइरस नियोजित रूपमै बनाइने गरेको छ ।
Computer Virus?
धेरैजसो भाइरस निश्चित कम्पनी वा संस्थाहरूको डाटाबेसलाई बिगार्न नियोजित रूपमा बनाइएका हुन्छन् । यस्ता भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएको फाइल एवं प्रोगाम बिगारी ती फाइललाई पुरानै अवस्थामा ल्याउन भाइरस निर्माताहरूले गैरकानुनी रूपमा मागहरू राख्छन् । त्यसबाहेक सफ्टवेर निर्माताहरूबीचमै पनि एक-अर्काको सफ्टवेयर बिगार्न भाइरस बनाइन्छ ।
यसरी बिगार्छ भाइरसले
भाइरसले कम्प्युटरमा प्रवेश गरेपछि कम्प्युटर हाम्रो नियन्त्रणबाहिर जान्छ । चाहेका प्रोगामहरू चलाउन सकिँदैन भने गर्न खोजेको काम उल्टो भैदिन्छ । कम्प्युटरमा राखिएको फाइल एवं तथ्यांकहरू हराउने त छ ँदैछ, भाइरस निर्माताहरूकै निर्देशनमा भाइरसले स्वतः कम्प्युटरमा काम गर्न थाल्छ । धेरैजसो भाइरसले कुनै पनि कम्प्युटरमा खुल्नेबित्तिकै आफ्ना धेरै प्रतिलिपि बनाउँछ र हार्ड ड्राइभका भागहरू -सी, डी, ई) मा प्रवेश गर्छ । यसरी सबैतिर फैलिएपछि कम्प्युटर हाम्रो नियन्त्रण बाहिर जान्छ ।
यसरी सुरक्षित राखौं
विशेष सावधानी अपनाए कम्प्युटरलाई भाइरसको प्रवेशबाट बचाउन सकिन्छ । कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर राख्नुपर्छ साथै नियमित रूपमा त्यसलाई अपडेट गर्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत भाइरस भित्रिने भएकाले तिनलाई खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।
इन्टरनेट प्रयोग गर्दा विशेष सावधान रहनुपर्छ । जुन पायो त्यही पेज खोलेर जहाँ पायो त्यहीं क्लिक गर्ने, डाउनलोड गर्ने कामले भाइरस भित्रिन सक्छ । कुनै पनि सामग्री डाउनलोड गर्दा राम्रोसँग बुझेर विश्वस्त साइटबाट मात्र गर्नुपर्छ । डाउनलोड गरेपछि स्क्यान गरेर मात्र रन गर्दा भाइरसबाट जोगिन सकिन्छ । इमेलमार्फत् पनि भाइरस आउन सक्छ । आफ्नै परिचित साथीको नाममा आएको इमेलमा भाइरस हुनसक्छ । इमेल इनबक्समा परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने ठाउँमा पूरै ठेगाना छ भने त्यो भाइरस हुनसक्छ ।
एडिन प्रधान

 

sundary

>

flash counter

Great Morning ©  Copyright by Just for you.. | Template by milansansar.blogspot.com | Blog Trick at Cheku dada